अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध आयोगले छानविन अघि बढाएको छ।
७८ लाख रुपैयाँ घुस लिएका आयुक्त पाठकका बारेमा आयोगले एकजना सहसचिवको नेतृत्वमा तीन सदस्यीय टोली बनाएर अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। प्रवक्ता दंगालका अनुसार तीन सदस्यीय टाेलीले अाजैदेखि काम शुरू गरेकाे छ।
आयोगका तत्कालीन आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको सार्बजनिक भएपछि फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।