कांग्रेस निकटको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ,आदिवासी जनजाती विद्यार्थी समन्वय समितिको ५ नं प्रदेशको प्रथम प्रदेश भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।भेलाले इन्द्र सारुको अध्यक्षतामा सर्वसम्मत रुपमा २१ सदस्सीय प्रदेश समिति गठन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा केदार चौधरी,झरि राना र चित्रकला पुन चयन भएका छन भने सचिवमा मनिश फाल,सह सचिवमा रोशन गाहा,कोषाध्यक्षमा शिव कुमाल रहेका छन् ।
समितिको सदस्यहरुमा काजोल रोक्का,भागेन्द्र रोक्का,फुलमति थारु,प्रेम दहीत,दिलिप रड्गैया,त्रिलोचन चौधरी,भुवन घर्ती,चन्द्रकला पहराई,सिद्धार्थ श्रेष्ठ,समिर थापा,संगिता छन्त्याल,प्रकाश फाल,कुशुम थापा,रबिन श्रेष्ठ र सुमन थापा रहेका छन् ।
भेलाको एक कार्यक्रमकाबीच नेविसंघका केन्द्रिय उप सभापति तथा प्रदेश नं ५ संयोजक प्रकाश रानाले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै रानाले पछिल्लो समय नेपाल बिद्यार्थी संघको संगठन ससक्त नहुँदा नेपाली कांग्रेस पार्टी कमजोर भएको भन्दै संगठन सुदृढिकरणमा लाग्न नव निर्वाचित नेतृत्वलाई आग्रह गरे ।
नेपालको शिक्षा नीति राम्रो हुन नसक्दा नेपालका क्याम्पसहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोको रुपमा विकास भएको भन्दै रानाले शिक्षा नीतिमा समयानुकुल परिमार्जन गरि व्यबहारिक र व्यवसायीक शिक्षा नीति ल्याउनुपर्ने आवस्यकता औल्याए ।
कायक्रममा नेपाली कांग्रेस बुटवल उप महानगर समितिका सभापति खेलराज पाण्डेले नेविसंघ नेपाली कांग्रेसको खम्बा रहेको भन्दै संगठन बिस्तारका अलावा पार्टी नेतृत्वलाई समेत खबरदारी गर्ने दायित्व नेविसंघको काधमा आएको बताए ।
नेविसंघका नेता हिमालदत्त श्रेष्ठले तत्कालीन पञ्चायती व्यवस्थाले नेपाली कांग्रेसका नेताहरुलाई जेलमा हालेर पार्टीलाई कमजोर बनाएका बेला गठन भएको नेपाल विद्यार्थी संघको जिम्मेवारी र दायीत्व अहिले बढेर गएको बताउदै जहाँ विद्यार्थी त्यहाँ नेविसंघ भन्ने नारालाई आत्मसाथ गरेर संगठन निर्माणमा लाग्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।
नेपाली कांग्रेस रुपन्देहीका प्रदेशसभा सदस्य पदका उम्मेदवार विष्णु पोखरेलले काग्रेसलाई शशक्त बनाउन नेविसघ नै क्रियाशिल बन्नु पर्नेमा जोड दिए ।