खाेटाङमा करेन्ट लागेर एक युवककाे मृत्यु भएकाे छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ का ३० वर्षीय पूर्णबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ।
गुरुङ सोमबार विद्युतकाे पोलबाट लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियाे।
शव पोष्टमार्टमका लागि खोटाङ जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।