उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
रौतामाई गाउँपालिका-२, नौले करकुसेका ४५ वर्षीय दुर्गा भनिने दिपबहादुर राउतलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे।
राउतकी श्रीमतीले आफूलाई श्रीमानले जबरजस्तीकरणी गरेको र नाबालिका छोरीलाई समेत यौन दुर्ब्यवहार गरेको भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन्।
श्रीमतीकाे जाहेरीका अाधारमा खटिएकाे प्रहरीकाे टोलीले राउतलार्इ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।