करिव १ महिना अघि मदिरा मुक्त क्षेत्र घोषणा गरेको बुटवलको मैनावगरमा अटो एसोसिएसन र होटल व्यवसायीहरुविच विवाद भएको छ ।बुधबार होटल व्यवसायीले मदिरा मुक्त क्षेत्र घोषणा लेखेको होडिङबोर्ड तोडफोड गरेको तथा दुरव्यवहार गरेको भन्दै अटो व्यवसायी प्रहरी कार्यालय
पुगेका थिए ।
बुटवलका अटो व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय बुटवलमा पुगेको बताएका हन् । मदिरा मुक्त क्षेत्र बुटवल अटो भिलेजमा होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघका पदाधिकारीहरुको टोलीले मदिरा बिक्रीवितरण गर्न पाउनु पर्ने भन्दै अटो व्यवसायीलाई गालि गलोज गर्दै साईनवोर्ड उखलेर फालेको बुटवल अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष सन्तोष पाण्डेले बताए ।
अटो क्षेत्रमा विहान दिउसो मदिराको बढि कारोवार हुदा अटो क्षेत्रका मजदुर ब्यवसायी नै बढि प्रभावित हुन पुगेकाले अटो ब्यवसायी र नगरपालिकाको सहमतिमा अटो भिलेजलाई मदिरा मुक्त क्षेत्र वानाएको दावी छ । तर, होटल व्यवसायी अनावश्यक रूपमा विवाद सृजना गरेको आरोप पनि उनिहरुले लगाएका छन् ।
उता होटल व्यवसायीले मदिरा बिक्रीवितरण गर्न पाउने जिकिर गरिरहेका छन् ।उनिहरु पनि बुधबार नै ईलाका प्रहरी कार्यालयमा पुगेर पेशागत सुरक्षाको माग गरेका छन् ।