रुपन्देहीको बुटवलमा रहेको भारतीय पेन्सन क्याममा केही दिनअघि भएको बम बिष्फोटको घटनामा संग्लन एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बम विष्फोट गराएको अभियोगमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कालाई घटना संलग्न भएको अभियोगमा पक्राउ गरिएको हो।
खड्कालाई अदालतमा म्याद थप गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौंको चन्दागिरी नगरपालिकास्थित नागढुङगाबाट खड्कालाई पक्राउ गरेर बुटवल ल्याएको हो। उनका साथबाट दुई थान मोबाइल, एनसेल र एनटीसीका १-१ थान सीम बरामत गरिएको प्रहरीले जनाएको छ। मोबाइलमा बम राख्दै गरेको फोटो समेत भेटिएको प्रहरीले जनाएको छ।
घटनामा संग्लन अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ।