जनै पूर्णिमाका दिन दिँदै आएको सार्वजनिक बिदा संघीय सरकारले कटौती गरेसंगै ५ नम्बर प्रदेश सरकारले पनि बिदा नदिने भएको छ।
मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा बुधवार प्रदेश नम्वर ५ को सरकारले बिदा दिएपछि जनै पूर्णिमामा पनि प्रदेश सरकारले बिदा दिनेमा कर्मचारीहरु ढुक्क थिए।
कर्मचारीहरु बिदा हुनेमा ढुक्क भए पनि प्रदेश नम्वर ५ को सरकारले भोली बिदा नदिने भएको छ। प्रदेश सरकारले बिदाको कुनै निर्णय नगरेपछि सरकारका प्रवक्ता समेत रहेका भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीसंग जिज्ञासा राख्दा उनले भोलि बिदा नहुने स्पष्ट पारेका हुन्।