सल्यानमा एकै घरका ५ जनाको मृत्यु भएको छ।
बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसस्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको मृत्यु भएको हो। गएराति अविरल बर्षा पछि घर भत्कदा एकै परिवारका ६ जना मध्ये ५ जनाको मृत्यु भएको हो।
बुवा आमासहित २ छोरी र १ छोराको मृत्युु भएको छ। मृतकहरुमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन्।
परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन्। घटनास्थलमा उद्दार कार्य जारी राखिएको छ।