एनआइसी एसिया बैंकले कास्कीका २ स्थानमा नयाँ शाखा खोलेको छ । बुधबार एनआइसीले पोखरा महानगरको न्युरोड र अन्नपूर्ण गाउँपालिका १ नौडाँडामा शाखा स्थापना गरी कारोबार सुरु गरेको हो ।
नौडाँडा शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेल र न्युरोड शाखा अर्का सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरे ।
एनआइसीले देशभर २ सय ४१ शाखा, २ सय ३८ एटिएम, १४ एक्स्टेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ इकाइमार्फत् सेवा दिइरहेको छ । यसरी एनआइसी देशकै ठूलो बैंक बनेको बैंकका सूचना अधिकारी सुधीरनाथ पाण्डेले बताए । बैंकका १२ लाख बढी ग्राहक छन् ।