स्वास्थ्य राज्यमन्त्री शुरेन्द्र प्रसाद यादवले, मुुलुुकी फौजदारी ऐन आचारसंहिताको विषयलाई लिएर अव चिकित्सकहरुले आन्दोलन गर्नु नपर्ने बताएका छन् । विराटनगर स्थित कोशी अन्चल अस्पतालको अनुगमनपछि शनिबार संचारकर्मीसंग कुरा गर्दै उनले मुलुकी ऐन आचारसंहिताका लागि संशोधन प्रस्ताव संसदमा गई सकेकाले आन्दोलन आवश्यक नरहेको बताए ।
उनले चिकित्सक जस्तो जिम्मेवारवर्गहरुवाट विरामीको उपचारनै वन्द गरेर आन्दोलनमा उत्रनु राम्रो काम नभएको भन्दै कोशी अन्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न सरकारको सक्दो सहयोग रहने बताए ।
राज्यमन्त्री यादवले तराइको सवैभन्दा पुरानो अस्पतालको रुपमा चिनीने कोशी अन्चल अस्पतालको सुधारका लागि सरकाले विभिन्न उपकरण अस्पताललाई उपलव्ध गराउने बताए । अहिलेको संरचना अनुसार सहज रुपमा स्वास्थ्यसेवा पु¥याउन केही समस्या भएको भन्दै जिल्ला जनस्वस्थ्य कार्यालय जस्ता स्वास्यसम्वन्धि संरचना प्रत्येक जिल्लामा कुनै न कुनै रुपमा राख्नु आवश्यक रहेको उनले वताए ।
उनले वालवालिकाका लागि खोप कार्यक्रम परिवार नियोजन लगायत भिटामिन ए खुवाउने जस्ता महत्वपूर्ण कार्यक्रम संचालन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय जस्तै प्रत्येक जिल्लामा यस्तो खालको कार्यालय स्थापना हुनु आवश्यक रहेको बताए ।
सवैक्षेत्रमा औषधि पु¥याउन सहज हुनेगरि सातवटै प्रदेशमा सरकारले मेडिकल स्टोर स्थापना गर्ने तयारी गरेको समेत राज्यमन्त्री यादबले बताए । स्वाथ्य विमाकार्यक्रमलाई प्रभावकारी वनाउन चालु आर्थिकवर्षमा सरकारले ६ अर्व रकम छुटयाएको भन्दै यो कार्यक्रम अव सवै जिल्लामा संचालनमा आउने बताए । यस कार्यक्रम अन्र्तगत गतवर्ष दुई अर्व रकमखर्च भएको उनको भनाई थियो ।