नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला छन् भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी छन्।
कार्यक्रममा अध्यक्ष मोहन सिवाकोटीले प्रतिष्ठानको अक्षय कोषमा १३ लाख ४० हजार रुपैयाँ जम्मा भएको बताउँदै यसलाई बढाएर २५ लाख रुपैयाँ पु¥याउने जानकारी दिए।