राष्ट्रिय वालदिवसको अवसरमा सुनसरीको हरिनगरा गाउँपालिकाले जेहन्दार छात्राहरुलाई शुक्रबार साइकल वितरण गरेको छ।
जेहन्दार तथा टाढाबाट आउने छात्रालाई विद्यालय आवत जावत गर्न सजिलो होस् भनेर गाउँपालिकाले साइकल बाँडेको हो।
गाउँपालिकाका मदरसा तथा एकदर्जन विद्यालयका छात्रालाई साइकल वितरण गरिएको अध्यक्ष गफार अन्सारीले वताए। उनीहरुलाई साइकलसहित व्याग तथा सैक्षिक समाग्री पनि दिइएको छ।
एक नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, एक नम्वर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शैक्षिक सामग्री तथा प्रदेश सांसदले साइकल वितरण गरेका थिए।
कार्यक्रममा वोल्दै उपसभामुख पोखरेलले वालवालिका भविष्यका कर्णाधार भएकाले छात्राहरुलाई साइकल वितरण गरेर गाउँपालिकाले उदाहरणीय काम गरेको वताइन्। कार्यक्रममा कांग्रेस संसदीय दलका नेता कोइरालाले छात्राहरुलाई मन लगाएर पढ्न आग्रह गरे।