वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्वारमा बृक्षारोपण कार्यक्रम गरेको छ।
विश्व बाताबरण तथा सरसफाइ दिवसका अवसरमा महानगपालिका मनाउदै आएको सप्ताहव्यापी कार्यक्रमको समाप्न गर्दै महानगरपालिकाले मुलुककै प्रमुख प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारमा बृक्षारोपण गरेको हो।
महानगरपालिकाले मुलुककै प्रमुखद्वारको रुपमा रहेको शंकराचार्यद्वारा क्षेत्रलाई सौन्दर्यकरण गर्ने कार्यक्रम सुरु गरेको छ।
द्वारको बिचमा नेपालको झन्डातोलनको व्यव्सथा गरिनुको साथै त्यसक्षेत्रमा डिजिटल लाइट जडान गरिने छ।
शंकराचार्यद्वारको दुबैतर्फ रहेको बाटोलाइ अझ फराकिलो गर्दै व्यवस्थीत गर्नुको साथै त्यसक्षेत्रमा बाटोको दुबै तर्फ फुटपाथ बनाइ फुलहरुको बिरुवा लगाउन योजना समेत रहेको छ।