पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित जनएकता बचत तथा ऋण सहकारी संस्थाबाटसोमबार ९ लाख रुपैयाँ चोरी भएको छ ।
स्थानीयले बिहान ८ बजे नै सहकारीको कार्यालय खुला र ढोकामा काटिएको चाबी र भूइँमा हेक्सा ब्लेड तथा रड देखेपछि कर्मचारीलाई खबर गरेका थिए ।
आइतबार बेलुका सवा ७ बजे सहकारीमा आफूले ताला लगाएर गएको कर्मचारी सुनीता पाण्डेले जानकारी दिएकी छन् । ‘सहकारीमा सटरभित्र र बाहिरपट्टि गरी दुवैतिर ताला लगाइएकोमा दुवै फोरिएको अवस्थमा भेटिएको कास्की प्रहरीले जनाएको छ । ‘बाहिर सटर र भित्र काउन्टरसम्मका गरी ६ वटा ताला फोरिएको भेटियो,’ पाण्डेले भनिन्,‘सहकारीको २ काउन्टर र दराजभित्रको लकबक्स फोरिएको छ ।’अघिल्ला दिन ढिलो हुँदा सहकारीमै पैसा छाड्ने गरिएको पाण्डेले सुनाइन् । ‘बैंक बन्द हुँदाको दिन १२ लाख रुपैयाँसम्म पैसा सहकारीमै राखिन्थ्यो,’ उनले भनिन् ।
सहकारीभन्दा सय मिटर तलसिर्जनाचोकतर्फ जिल्ला प्रहरी कार्यालय कास्कीको टोली राति १ बजेसम्म गस्तीमा थियो । त्यस्तै सहकारीको ५० मिटर उत्तरको एक फलपूmल पसलबिहान ३ बजेदेखि खुलेको थियो । १ बजेपछिर ३ बजेभित्र चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सहकारीको कार्यसमिति पदाधिकारी र कर्मचारीले सोमबार चोरीको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
सुरक्षामा सहकारीकै लापरबाही
सहकारीमा पैसाको सुरक्षाका लागि कुनैपनि सजकता अपनाइएको थिएन । सहकारीमा पैसा राख्ने लकरथिएन । सिसिटिभी क्यामेरा जडान छैन । सुरक्षागार्ड पनि राखेको थिएन । सुरक्षाकालागि भित्ता पनि सामान्य आलुमनियमले मात्र पार्टेसन गरिएको थियो । सोही कारण कारण चोरी गर्ने समूहलाई सजिलो हुन पुगेको प्रहरीले जनाएको छ ।
गत असार ११ गतेमात्र सोही सहकारीभन्दा २ सटरमाथिको सम्राट एन्ड समुद्र किराना पसलमा पनि चोरी भएको थियो । उक्त किराना पसलमा चोरी गर्नेलाई प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । किराना पसलबाट १ लाख २० बराबरको सामान चोरी भएको थियो । किराना पसल पनि १ देखि ३ बजेसम्मको समयमा नै चोरी भएको सञ्चालक कृष्णराज शर्मा बताउँछन् ।