संविधान निमार्ण भएको तीन वर्ष पुगेको अवसरमा मोरङको धनपाल थान गाउँपालिका तथा रतुवामाई नगरपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँदै रतुुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्। धनपालथान गाउँपालिकाले बाजागाजा, झाँकीसहित गाउँपालिकामा र्याली तथा प्रभातफेरीको आयोजना गरेको छ।
प्रभातफेरीमा राजनीतिक दलका प्रतिनिधि, वुद्धिजिवी, सरकारी कार्यालयका कर्मचारी, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। धनपालथान मुुल समारोह समितिको आयोजनामा गाउँपालिकाको कार्यालयवाट सुरू भएको प्रभातफेरी कर्सिया बजारको परिक्रमा गर्दै गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै मुुल समारोह समितिका अध्यक्ष एवं धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउन पाएकोमा खुसी व्यक्त गरे। उनले संविधानको प्रभावकारी कार्यान्वय हुुनुुपर्नेमा जोड दिए। कार्यक्रमा गाउँपालिका उपाध्यक्ष नसिमावानो, समाजसेवी गयानन्द मण्डल, गाउँपालिका शिक्षा शाखाप्रमुख ऋषिकेश पोखरेल, धनपालथान गाउँपालिकाका कार्यकारी अधिकृत वावुुराम शर्मा लुइटेल, लेखा अधिकृत सुुशिल वास्तोला, चिरञ्जिवी वन लगायतले नयाँ संविधानले नेपाली जनतलाई अधिकार सम्पन्न बनाएको वताएका थिए।
यसैगरी रतुुवामाई नगरपालिकाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको नगरपालिकाका मेयर रविन राईले बताए। संविधान दिवसको अवसरमा रतुवामाई नगरपालिकामा दिपावलीको आयोजना गरिने उनले बताए।