नेपाली कांग्रेस केन्द्रीय सदस्य डा मिनेन्द्र रिजेलले राष्ट्रसेवक कर्मचारीले सेवाको गुणस्तरमा वृद्धि हुने गरी काम गर्नुपर्ने वताएका छन्।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन मेची कोशी क्षेत्रीय समितिद्धारा विराटनगरमा शुक्रबार आयोजित क्षेत्रीय भेला तथा रक्तदान कार्यक्रममा वोल्दै नेता रिजालले नेपाल विद्युत प्राधिकरण जस्तो सेवा दिने संस्थामा राजनीति गर्नु नहुने वताए।
विद्युत प्राधिकरणकोे उत्पादन र वितरण प्रणालीलाई प्रभावकारी वनाउन ट्रेड युनियन लाग्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकारले जनमुखि काम गर्न नसकेको आरोप लगाए।
प्राधिकरण कर्मचारी संघका केन्द्रीय अध्यक्ष जर्नादन भट्टराईले प्रधिकरणमा रहेका ज्यालादार तथा करार कर्मचारीले समान तलव र अवसरको व्यवस्था हुनुपर्नेमा जोड दिए।
विद्युत प्राधिकरण मेची कोशी क्षेत्रीय समितिका अध्यक्ष उद्धव भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रेड युनियन कांग्रेस एक नम्वर प्रदेश अध्यक्ष नारायणवावु कार्की, समितिका सहअध्यक्ष शंकर वाराकोटी, विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगर प्रमुख सचितानन्द यादव, विराटनगर शाखा प्रमुख राजु श्रेष्ठ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समिति उपाध्यक्ष प्रमिला ढुंगाना, विद्युत प्राधिकरण कर्मचारी युनियनका क्षेत्रीय अध्यक्ष शत्रुधन प्रसाद यादव, मिनकुमार पराजुली तथा रमेश घिमिरे लगायतले कर्मचारीको हक अधिकारबारे बोलेका थिए।