मोरङ जिल्लाको दक्षिण सिमावर्ती नाकालाई पूर्ब–पश्चिम राजमार्गसंग जोडेर आयात निर्यातलाई सहज बनाउँन सिमानाकासंग जोडिएका चारवटा सडक कालोपत्रे एवं विस्तार गर्न थालिएको छ।
सडक डिभिजन कार्यालय विराटनगरका अनुुसार, वर्डगा, आमवारी हँुुदै उर्लावारीसम्म जोड्ने १२ किलोमिटर सडक, मदनमार्ग अन्तर्गत भद्रचोकदेखि झुुर्किया, सिजुुवा तथा सातमेडिसम्मको ८ किलोमिटर सडक कालोपत्रे एवं विस्तार भइरहेको छ।
अमाहीदेखि कर्सिया, डाँगिहाट तथा लक्ष्मिमार्ग जोड्ने ८ किलोमिटर सडक तथा रामचौकदेखि सिसवनी जहदा हुँुदै भारतको सिमानासम्म साढे ९ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे गर्ने काम भइरहेको छ।
चारवटै सडकको काम तिव्रगतीमा काम भइरहेको सडक डिभिजन कार्यालयका इन्जिनियर दिपक झाले जानकारी दिए।
सिमानाकालाई थप व्यवस्थित गर्दै आवतजावतमा सहजता ल्याउन सडक विस्तार गरिएको भन्दै उनले दुुईवर्ष भित्र चारवटै सडकको काम सम्मपन्न हुुने बताए।
वर्डगा, उर्लावारी तथा आमवारी सडक ७ मिटर चौडा वनाउने गरी २७ करोडमा, लक्ष्मिमार्ग, सोरभाग, डाँगिहाट सडक ९ करोड ६० लाख तथा रामचौकदेखि सिसवनी जहदा हुँदै सिमानाका जोड्ने उक्त सडक १० करोड ८२ लाख रुपैयामा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। रामचौक सिसवनी जहदा सडक ५ दशमलव ५ मिटर कालोपत्रे हुुनेछ।
सडक वनेपछि दक्षिण मोरङको रतुुवामाइ, रंगेली, सुुनवर्सी नगरपालिका तथा धनपाल र कटहरी गाउँपालिकाका सिमानाकाका सडकहरु सोझै पुुर्वपश्चिम राजमार्गसंग जोडिने छन्। यसबाट व्यापार व्यावसायमा समेत सहजता आउने इन्जिनियर झाको भनाई छ।
दुुईवर्ष भित्र निमार्ण सम्पन्न गर्नुे समझौता भएपनि कामले गति लिन नसकेको स्थानीयको छ। रतुुवामाइ नगरपालिका ३ का हरिप्रसाद शिवाकोटीले भद्रचोकदेखि झुुुर्किया सिजुुवा, सितामाडी जोड्ने सडक निमार्णको काम ढिलासुुस्ती भएको भन्दै कामलाई तिव्रता दिनुुपर्ने वताए।
रतुुवामाइ नगरपालिकाका प्रमुुख रविन राईले दुुवै देशको नाका जोड्ने महत्व वोकेका यस्ता सडक समयमा पुुरा हुुनुुपर्ने वताए।
नगरपालिकाले सिमानाका सडकलाई लक्षित गरेर बनाउन लागेको रिङरोडले नगरवासीमात्र नभएर दणिभेगबासी समेत लाभान्वित हुुने उनको भनाई छ। हुलाकी राजमार्गसंग ग्रामिण सडकको पहुुँच पुु¥याउन नगरपालिकाकाले नगरभित्रका सडक विस्तार एवं कालोपत्रे गर्ने काम समेत अघि वढाइएको नगरप्रमुुख राईले जानकारी दिए।