नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्।
प्रहरीले हत्याकाण्डका मुख्य योजनाको रुपमा दिपक हेमकारका ससुरा भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भई लखनउ सीतापुर प्रियदर्शनी कलोनीमा बस्दै आएका ६४ बर्षिय किशोरीलाल सोनीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । सोनी दिपकका आफ्नै ससुरा हुन् ।
१३ बर्षअघि २०६२ साल फागुन २३ गते नेपालगन्जको सदरलाईनमा ८२ बर्षिया गुलाबदेवी हेमकार, ६२ बर्षिय जगदेब हेमकार, ४५ बर्षिय सीतादेवी हेमकार, ३२ बर्षिय दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो ।
हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दिपककी पत्निको नाममा भएको थियो । सोनीलाई जिल्ला प्रहरी बाँकेको टोलीले सुराकी आधारमा शनिबार नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको बताएको छ ।