अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा साेमबार सुन्दर हरैचा नगरपालिकाले एक सय दुई वर्षीय रामवहादुर कुमार दनुवार र एक सय १० वर्षिय महेश्वरा अधिकारीलाई जेष्ठ नगरपिता र नगरमाता घोषणा गर्दै सम्मान गरेको छ ।
एक नम्वर प्रदेश प्रमुख प्रा डा. गोविन्दवहादुर तु्म्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले दुवैलाई कदरपत्र तथा ११ हजार रुपैया सहित दोसल्ला ओढाई सम्मान गरेका हुन्।त्यसैगरी नगरका १२ वटै वडाका २४ जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रा डा.तु्म्वाहाङले जेष्ठ नागरकि राष्ट्रका धरोहर भएकाले विद्यालयस्तरमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा आदर गर्ने पाठ्यक्रम राख्न् पर्नेमा जोड दिए ।
उनले छोराछोरीले आफनो परिवारमा रहेका जेष्ठ नागरिकलाई सम्मान र माय दिनु पर्ने समेत बताए ।
सु्न्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलव्ध गराउने व्यवस्था नगरपालिकाले गरेको बताए । उनले जेष्ठ नागरिकालागी नगरपालिकाले वजेट छुटयाएर १२ वटै वर्डामा जेष्ठ नागरिक चौतारा निमार्ण गरेको बताए ।
उनले जेष्ठ नागरिकहरुको शिप र अनुभवलाई सही रुपमा प्रयोग गर्दैै नेपाल सरकारको समवृद्धि नेपाल र शुखि नेपालीकोे नारालाई पुरागर्न सकिने बताए ।
जेष्ठ नागरिक समाज सु्न्दरपुर हरैचाका अध्यक्ष रामकुमार कार्कीको सभापत्त्विमा भएको उक्त कार्यक्रममा उपप्रमुख धनमाया तामाङ,कार्यकारी अधिकृत राजेन्द्र भटराई र नेकपा नगरपालिकाका अध्यक्ष केदार गुरागाईले जेष्ठ नागरिहरुलाई सवैले आदर र सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।उक्त नगरपालिकामा ६० वर्ष माथिका ९ हजारभन्दा वढि जेष्ठ नागरिकको रहेको कार्यक्रममा जानकारी गराइयो ।