धनुषाको हँसपुर नगरपालिका–८ की २८ वर्षीया संजुदेवी मण्डलको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा प्रहरीले मण्डलकी देवरानी २४ वर्षीया बिकाकुमारी मण्डल र सोहि ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डललाई पक्राउ गरेको हो ।
३ असोजमा अंजु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीयवासीका अनुसार बिका र लालबाबुबीच अवैध सम्बन्ध रहेको अंजुले जानकारी पाएकी थिइन् । र, आफूहरुको अवैध सम्बन्धबारे अंजुले थाहा पाएको र बाहिर सार्वजनिक गर्न सक्ने आशंकामा उनको हत्या गरेको भएको स्थानीयवासीको आशंका छ ।
शुरुमा अंजुको आफै मृत्यु भएको बताइएपनि पोष्टमार्टमको रिपोर्टमा उनको घाँटी थिची हत्या गरिएको भनी खुलेको थियो ।
पोष्टमार्टमको रिपोर्ट आइसकेपछि अनुसन्धान शुरु गरेको प्रहरीले अंजुुको देवरानी बिका र स्थानीय लालबाबुले घाँटी थिची हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका बिका र लालबाबुले संजुको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । वारदातमा प्रयोग गरिएको ग्लोब्ससमेत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र बहादुर शाहीले जानकारी दिएका छन । बिका र लालबाबुले अंजुको हत्या किन गरेको विषयमा थप अनुसन्धान भइहरेको डिएसपी शाहीले बताए ।