१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ।
धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।
जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ तर, जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ अञ्चल अस्पतालका चिकित्सकद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिन समेत ढिलाइ गरेको प्रहरी स्रोतले बतायो ९ भदौमा परीक्षण गरेका चिकित्सकले एघार दिनपछि २० भदौमा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएका थिए।
यो प्रतिवेदनप्रति अविश्वास गर्दै घटना भएको १६ दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिएको थियो डा.सिंहले गरेको स्वास्थ्य परीक्षणमा बलात्कृत भएको उल्लेख छ दुवै स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको उचाई र तौल समेत फरक फरक उल्लेख छ।