प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले संघ, प्रदेश र स्थानीय तहबीच हुुनुपर्ने सहकार्य र सहयोग नभएको बताएका छन् । जनप्रतिनिधिहरुले देश र जनतकालागि उत्तरदायी भएर काम गर्न पनि प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए ।
प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार विराटनगरमा उद्घाटन गर्दै उनले संघिय सरकारबाट आउने संघिय संरचना संघियताको भावना अनुसार मेल हुुनेगरि आउनुुपर्ने बताए। उनले एक नम्वर प्रदेशलाई समवृदि र शुुुखि प्रदेश वनाउने अभियानमा सरकारले लागेको भन्दै संघिय, प्रदेश र स्थानीय तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए ।
मुख्यमन्त्री राईले जनताको भावनासंग जोडिएर जनप्रतिनिधिहरुले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न कुनै समय नलाग्ने पनि बताए ।
उनले प्रदेश र स्थानीयतहबीच नीतिगत सामन्जस्यता कायम हुनुपर्ने भन्दै दुवै सरकारले प्राकृतिक श्रोत,साधन र सम्पदाको उचित बांडफाड गरेर अघि बढ्नु पर्ने विचार व्यक्त गरे ।
स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिंदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिहरुले काम गर्नु पर्ने बताए।
प्रदेश नं.१ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजकहरु सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको बिषय र आवश्यक देखिएका अन्य समसामयिक बिषयहरुमा छलफल भएको थियो ।