प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षामा पछाडी परेका मुस्लिम समुदायलाई राज्यको मुल धारमा ल्याउन प्रदेश सरकारले मदर्शा बोर्ड गठन गर्न लागेको बताएका छन् ।
सर्लाहीके हरिवनमा बुधबार मदर्शा अर्गनाईजेशन अफ नेपालले आयोजना गरेको प्रदेश स्तरिय भेलामा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यकै विभेदका कारण शिक्षामा पहुँच बनाउन नसकेका मुस्लिम समुदायको बालबालिकाको भविष्य सुनिश्चित गर्न मदर्शा बोर्ड कोशे ढूंगा सावित हुने दावी गरेका छन् ।
उनले भने ,‘ गरिवीका रेखा मुनि रहेको मुस्लिम समुदायका बालबालिका विद्यालय जान नसकेको र मदर्शामा अध्ययन गर्दै आएका बालबालिकाले सरकारी मान्यता नपाएका कारण शिक्षामा पछाडी परेको छ ।
त्यसलाई अन्त्य गर्न हामी मदर्शा बोर्ड गठन गर्न लागेका छाै ।’मुख्यमन्त्री राउतले मदर्शा बोर्डको गठन पछि मदर्शामा पढने बालबालिकाले समेत सरकारी मान्यता पाउने र सरकारी जागिरमा समेत जाने व्यवस्था प्रदेश सरकारले गर्न लागेको बताए ।
उनले बोर्डको गठन पछि मदर्शाहरुमा इस्लामिक शिक्षाका साथ साथै व्यवहारिक शिक्षा समेत प्रदान गरिने उल्लेख गरे ।विगतमा राज्यले गर्दै आएको विभेदका कारण मुस्लिम समुदाय पछि परेपनि अगामी दिनमा मुलुकको सबै समुदायले समान अवसर पाउनु पर्नेमा आफुहरु दृढ रहेको उल्लेख गरे ।
ईश्लामिक तालिम र मदर्शामा पढेकालाई पछुतो नहोस् भनेर सामुदायिक विद्यालय जस्तै मान्यता दिइने उनले बताए । मदर्शा बोर्ड बिधेयक सदनमा पेश भएकाले अब मुश्लिम समुदायले उठाएका मागहरु अक्षरसः पालना हुने प्रतिवद्धता समेत ब्यक्त गरे ।
भेलामा सर्लाही सहित पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका मुश्लिम अगुवा हरुको सहभागिता रहेको थियो ।