सामाजिक सञ्जाल फेसबुक मार्फत महिलाको नक्कली आइडी बनाएर अश्लील फोटो पोष्ट गरेको एक युवकलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कामतले उक्त आइडिबाट महिलाहरुलाई साथी बनाएको र त्यस मध्ये एक साथीलाई अनैतिक सम्बन्ध बनाउन दबाब दिएपछि नमान्दा उक्त महिलाको अश्लिल फोटो पोष्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।
अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लिल फोटो हालेको जाहेरीको आधारमा कामतलाई पक्राउ गरिएको हो । पक्राउ परेका दिवश विरुद्ध साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।