लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ।
स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’ रकम दिएका हुन्। डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। मृतकका परिवारलाई ३ लाख ५ हजारका दरले पैसा दिइएको खबर कान्तिपुरमा छ।
पीडित परिवारलाई पैसा बुझेको कागजमा हस्ताक्षर गराइएको छ। पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष हरिनारायण रौनियारका ज्वाइँ डा.महेश्वर कुर्मी आएर रकम दिएको मृतक परिवारका सदस्य रामबाबु साहले बताए।