एसिड प्रहार गरेको अरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका–६ का रामबाबु पासवानलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
न्यायधिश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले मुद्दाको कामकारबाहीका लागि थुनामा राख्ने आदेश भएको हो।उनी प्रहरी अनुसन्धानको क्रममा २४ दिन हिरासत बसेका थिए।
गत भदौ २६ गते मध्यराति पासवानले छिमेकी १८ वर्षीया सम्झनाकुमारी दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेका थिए। घट्नाको ४ दिनपछि ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलिले पक्राउ गरेको थियो।
एसडि परेर गम्भीर घाइते भएकी सम्झनाको असोज ७ गते राति उपचारकै क्रममा मृत्यु भएको थियो। भने,सुस्मिता केहीदिन अघि उपचार पछि घर फर्केकी छन्।