दाङमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ।
आफ्नै घरमा लत्रिएको बिजुलीको तार मिलाउने क्रममा राप्ती गाउँपालिका–३, मौरीघाटका ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
सोमबार बेलुका ४ बजेतिर घरभित्र लत्रिएको तार मिलाउने क्रममा करेन्ट लागेर पौडेलको मृत्युु भएको प्रहरीले जनाएको छ। पौडेलको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।