कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियारद दुरुपायोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्री कार्यालयको टोलीले बुधबार थापालाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो। थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए। उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोलीले पिछा गरेको थियो।
कार्यालयमै सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका थापालाई नियन्त्रणमा लिएको अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालले जानकारी दिए।