सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफंटा नाकाको निरीक्षण गरेका छन्।
चाडपर्व शुरु भएसंगै दशै मनाउँन घर फर्केका नेपाली सिमा नाकामा बर्षनी व्यवहोरनु परेको सास्तीका बारेमा मुख्यमन्त्री भट्टले जानकारी लिएका हुन्।अहिले धनगढीको गौरीफंटा नाका बाट मात्रै दैनिक हजारौ नेपाली दशै मनाउँने घर आईरहेका छन्।
भारतका दुःख कष्ट गरी कमाएर ल्याएको केही रकम सिमानामा लुटिने क्रम यो बर्ष भने केही कमी भएको छ। नाकाको निरीक्षणपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलेका बर्ष भन्दा यस बर्ष सिमा नाकामा नेपालीलाई केहि सहज भएको बताए।
उनले धनगढीसंगै प्रदेशको अर्को नाका गड्डाचौकी र टीकापुरमा पनि सहज भएको जानकारी दिए। सिमानाको अनुगमनामा कैलालीका प्रमुख जिल्ला अधिकारी, बाबुराम श्रेष्ठ, प्रहरी प्रमुख विनोद घिमिरेर र ससस्त्र प्रहरीका डीएसपी विष्णु प्रसाद भट्टको सहभागीता थियो।