कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो टिकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बसले विपरित दिशाबाट आइरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकललाई गोदावरी नगरपालिका–१ वन खेत नजिक ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–६ का २८ वर्षीय हेमन्त साउद र २६ वर्षीयका विक्रम खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले आफ्नो नियन्त्रणमा लिएको छ।