रसुवामा कण्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
मंगलबार दिउँसो रसुवाको धुञ्चेबाट टिमुरेतर्फ जाँदै ना ६ ख ४९२९ नम्बरको कण्टेनर गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।
दुर्घटनाबारे विस्तृत विवरण अाउन बाँकी छ।