जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
विष्फोटमा ग्यास वेल्डिङ पसल सञ्चाल गर्दै आएका जनकपुरधाम–७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो ।
शुक्रवार अपराह्न भएको उक्त घटनामा दुइजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय १२ वर्षीय बालक रोेहन साह र अटो रिक्सा चालक बिहारको बैरगिनिया बस्ने राजु गुप्ता रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बसपार्क नजिक वेल्डिङ पसलमा शुक्रबार अपरान्ह ग्यास सिलिण्डर विष्फोट भएको हो ।
घाइते दुबैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बडाबाबु झाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको झाको भनाइ छ ।