प्रदेश नम्बर १ मा समुदायसँगको सहकार्यमा नेपाल प्रहरीले शान्तिसुरक्षालाई प्रभावकारी बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम संचालनमा ल्याएको छ।
सो प्रदेशका १ सय ३७ स्थानीय तहसंगको सहकार्यमा शान्तिसुरक्षा थप सुदृढ वनाउनका लागि आइतबारदेखि कार्यक्रम संचालनमा ल्याएको हो।
कार्यक्रमको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा शुभारम्भ गरे।
मुख्यमन्त्री राईले प्रदेश सरकारको योजना अनुसार एक नम्वर प्रदेशलाई भष्ट्रचार र अपराधमुक्त प्रदेश बनाउने लक्ष्यकासाथ समुदायिक–प्रहरी साझेदारी कार्यक्रम संचालनमा ल्याएको जानकारी गराए।
मुख्यमन्त्री राईले शान्ति सुरक्षा बिना बिकास असम्भव रहेकाले यो कार्यक्रम प्रभावकारी वनाउन समुदायको सहयोगको आवश्यतामा जोड दिए।
कार्यक्रममा नेपाल प्रहरीले तयार परेको साझेदारी पत्रमा मोरङका प्रहरी प्रमुख मनोज केसी तथा उर्लाबारी नगरपालिकाका मेयर खडग फागो, रतुवामाई नगरपालिकाका मेयर रविन राई, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास, धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंह लगायतले हस्ताक्षर गरे।
प्रदेश नं १ का अन्तर्गतका १ सय ३७ स्थानीय तहमा यो कार्यक्रम संचालनमा आएको छ।
समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रम समेटिएका छन्।
कार्यक्रममा १ नं प्रदेश प्रहरीका प्रमुख केदार रिजालले समुदाय– प्रहरी साझेदारी कार्यक्रमको अवधारणबारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सामाजीक बिकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायतले समुदाय– प्रहरी साझेदारी कार्यक्रम लागु भएसगै प्रदेशलाई अपराधमुक्त बनाउने योजनालाई सार्थक हुने वताएका थिए।