रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। घर्तीगाउँबाट ओततर्फ बालुवा लिएर जाँदै गरेको रा १ त १५०७ नम्बरको ट्याक्टर माडी गाउँपालिका–१, धाराबाङमा दुर्घटनामा परेको थियो।
बुधबार साँझ भएकाे दुर्घटनमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २९ वर्षीय आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १६ वर्षीय डम्मर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मृतक चाैधरी ट्याक्टर चालक हुन् भने अाेली सहचालक हुन्।
ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।