जनता माबि टिमुरचाैर प्युठानका शिक्षक सिंद्दिमान एमसीलार्इ झिमरुक गाउँ पालिका-८ का वडा अध्यक्ष तुलस बस्नेतले कुटपिट गरि गम्भीर घाईते बनाएका छन्।
बिद्यालय ब्यवस्थापन समिति,बिद्यालय अधिभावक समिति र बिद्यालयकाबीचमा संयुक्त बैठक चल्दै गर्दा शिक्षक एमसीले राखेका बिद्यालय सुधारका ऐजेण्डा र वडा अध्यक्ष तुलस बस्नेतले राखेका ऐजेण्डा फरक भएपछि वडा अध्यक्ष अाक्रामक भएमा थिए।
बिद्यालयकाे बैठकमै कुटिएका शिक्षक एमसीकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ। शिक्षककाे टाउकाेमा अहिले ५ वटा टाका लगाईएकाे छ। त्यस्तै शिक्षक एमसीले अाफु अशुरक्षित भएको भन्दै अहिले बागदुलामा अाफन्त कहाँ बसेका छन्।
झिमरुक गाउँ पालिका ८ का नेकपाका वडा अध्यक्ष बस्नेतले शिक्षककाे टाउकाेमा कुर्ची प्रहार गरेकाे थिए । उता वडा अध्यक्षले भने एमसीले घटना भने जस्ताे गम्भीर नभएको तर अाफुलाई बदनाम गराउन खाेजिएकाे अाराेप लगाएका छन्।