विशिष्ट आख्यानकार रमेश विकलको ९१ अौं जन्मजयन्तीका अवसरमा आज रमेश विकल चोक आरुबारीमा एक कार्यक्रम गरी उनको कृतित्व र व्यकतित्वबारे चर्चा गरियो ।
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, प्रतिष्ठानका उपाध्यक्षद्वय के के कर्माचार्य र हेमनाथ पौडेल, सदस्यद्वय मातृका पोखरेल तथा रामप्रसाद पौडेल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेवेदमणि , साहित्यकार मेनका पोखरेल लगायतका वक्ताले विकलले विविध क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरे। सोही कार्यक्रममा कवि त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला , डिल्लीप्रसाद मुलतिहुनले कविता वाचन गरेका थिए।
सो अवसरमा राष्ट्रव्यापी स्थलगत कविता लेखन तथा वाचन कार्यक्रममा क्रमश प्रथम, द्वितीय र तृतीय भएका रिपुमर्दिनी सैनिक स्कुलकी छात्रा पुष्पा गुरूङ, पिस नेपाल एकेडमीकी डोमा तामाङ र अरूणिमा मा.वि.का शिशिर घिमिरेलाइ सभापति रोचक घिमिरेले नगत ३ हजार, २ हजार र १ एक र सम्मान पत्र प्रदान गरे।