वीरगंज कारागारमा केदीहरुले भाइटीका लगाएका छन्।
१२ सय कैदीमध्य ४३५ जना कैदीले भाइटीका लगाएका हुन्। भाइहरु कारागामार रहेकाले दिदी वहिनीहरु विहानै कारागार पुगेका थिए। भाइटीकाको समय अनुकुल विशेष सुविधाका लागि विरगन्ज कारागारले २ घण्टा अगाडीदेखिनै टीका लगाउने व्यवस्था मिलाएको थियो।
टाढा टाढाबाट आएको दिदी वहिनीहरुलाई वीरगंज कारागारमा रहेको भेटघाट कोठामा दाजु भाई लाई दिदी बहिनीहरुले भाई पूजा गरेका थिए।
कारागार भित्र रहेका छिमेकी मुलुका भारतका कैदी बन्दीहरुलाई पनि नेपाली दिदी बहिनीहरुले भाई पूजा गरी टीक लगाईदिएको वीरगंज कारागारका निमित्त प्रमुख दिपक यादवले जानकारी दिए।