सिरहाको लहानमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । गत शुक्रवार राति आफ्नै साथीहरुले भोज खान बोलाएर एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेका हुन् ।
लहान नगरपालिका १४ स्थित चौधरी टोलमा शुक्रवार राति ७ युवकहरु मिलेर भोज आयोजना गरेका थिए । भोजमा ती युवकहरुले लक्ष्मीपुर पतारी गाउँपालिका बस्ने आफ्ना दुइ युवती साथीलाई समेत आमन्त्रण गरेका थिए । भोज खाइसकेपछि घर जाने क्रममा बाटोमै रहेको आँपको बगैचामा युवतीलाई बलात्कार गरेको सिरहाका प्रहरी नायव उपरिक्षक माधवराज ंकँडेलले जानकारी दिए ।
तीन जनाको समुहमा रहेका ती युवकहरुले दुबै युवतीमाथि बलात्कार गर्न खोजे पनि एक युवती भागेर प्रहरीलाई घटनाबारे जानकारी दिएको कँडेलले बताए ।
घटनामा लहान नगरपालिका ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीलाई पक्राउ गरिएको संलग्न रहेको पीडित युवतीलाई उद्दृत गर्दै डिएसपी कँडेलले जनाए । आरोपी तीनै जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको उनले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण गरि घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।