रुपन्देहीको तिलोत्तमा नगरपाकिा वडा नम्वर ४ मा स्थानीय एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने वडा सचिव सहित ३ जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई बोक्सीको आरोप लगाई कुटपिट गरेको भन्दै स्थानिय डम्वर कुमारी न्यौपानेले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
वोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले तिलोत्तमा नगरपाकिा वडा नम्वर ५ का वडा सचिव टिकाराम आचार्य सहित उहांका श्रीमति र छोरीलाई पक्राउ गरिएको हो । आचार्यलाई ईलाका प्रहरी कार्यालय बुटवलमा र उहांका छोरी तथा श्रीमतिलाई वडा प्रहरी कार्यालय बुटवलको हिरासतमा राखि अनुसन्धान अघि बढाईएको छ।
तिनै जनालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जीको समर्थन प्राप्त गरी म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पेश गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बोक्सी भन्दै कुटपिट गरेको उजुरी परेपछी पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालत भैरहवामा पठाइएको बताए ।
यता वडा न ४ का वडा अध्यक्ष दिवाकर ढकालले घटनाका विषयमा आफुलाई पनि सर्जिमिनका लागि बोलाईएको भन्दै घटनाको वास्तविकता अझै बुझ्न नसकिएको बताए।