छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। आजको दिन ब्रतालुहरुले दिनभर ब्रत बसी साँझपखसख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई ब्रतालुले व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन्।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ। छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।
पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ।