झापाको भद्रपुर नगरपालिका–४ चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
साेमबार बिहान मे ४ प ७७९५ नम्बरको मोटरसाइकल भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक दुर्घटना हुँदा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधानकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको श्रेष्ठले बताए।
दुर्घटनामा घाइते भएका भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।