बर्दियामा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बाख्रा चराउन जंगल गएका बेला बैठया ताल गाउँपालिका–८ की ११ वर्षीया बालिका बलात्कृत भएकी हुन्।
उनलाई भैँसी चराउन आएका दुई भारतीय नागरिकले आइतबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकालाई बलात्कार गर्ने दुबै भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए।
बलात्कारमा संलग्न दुबै जना १८ वर्ष मूनिका रहेकाले उनीहरुको नाम गोप्य राखिएको छ। पक्राउ परेका दुबै जनाले बलात्कार गरेको स्वीकार गरिसकेको र उनीहरुमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।