साेलुखुम्बुकाे खुम्बु–पासाङल्हामु गाउँपालिका-४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ।
शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षण्का लागि साेमबार बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ।