पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै देशभर प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्नेक्रममा बुटवलमा नेपाल विद्यार्थी संघका एक जना नेता पक्राउ परेका छन् ।
बुटवलको मिलनचोकमा सोमबार साझ भएको पुत्ला दहन तथा नारावाजीका क्रममा नविसघका नेता छायां पोख्रेल पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सो क्रममा नेविसघका कार्यकर्ताहरुले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनिहरुले गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै वर्तमान सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।
प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा कार्भेमा पक्राउ परेका नेविसंघका नेता कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसघ आन्दोलनमा उत्रिएको हो ।