मन्थली नगरपालिकामा भएकाअधिकांस वडा कार्यालयहरु जिल्ला सदरमुकाम बाटै सञ्चालन हुने गरेपछि नगरपालिकाले यहि मंसिर १५ गते भित्र अनिबार्य रुपमा आ-आफनै वडा बाट कार्यलय सञ्चालन गर्न निर्देशन दिएकोछ ।
सोमबार मन्थली नगरपालिमामा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले वडा कार्यालयलाई लेखेको चिठि सार्बजनिक गदै निर्देशन दिएका हुन्।
प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का द्धारा हस्ताक्षरित पत्रमा लोकतान्त्रिक ब्यवस्थाको भावना र मर्म अनुरुप हुने गरी स्थानीयतह निर्बाचन र जनप्रतिनिधिहरुको बहालीपश्चात वडा स्तर सम्मकरिब दुइतिहाई जनताको सहज पहुँच हुने स्थल छनौट गरी वडा कार्यलय स्थापना गर्न भनिएकाे छ ।
सार्बजनिक सेवाप्रवाह सुचारु गर्नु पर्ने भएपनि साबिक जिल्ला सदरमुकाममै घर भाडामा लिइ वडा सम्पर्क कार्यलय संञ्चालन गरेको जनगुनासो प्राप्तभएपछि नगरपालिकाले यहि मंसिर १५ गते भित्रमा तोकिएको मापदण्ड बमोजिम पायक पर्ने स्थानमा वडा कार्यलय स्थापना गर्न निर्देशन दिएकाे हाे।