दिपावली तथा छठ पर्वको अवसरमा सोमबार बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया बजारमा रक्तदान कार्यक्रम गरियो। ।
वडा अध्यक्ष बृजकिशोर कुशवाहा, सुभाष साह, गणेश साह, अम्बिका साह, समित ठाकुर, विवेक साह, संदिप ठाकुर, सुरेन्द्र मण्डल, सोनु साह, सुनेश्वर साह, उदित ठाकुर, उमेश साह, उमेश राउत, बन्धना देवी, सुनिता देवी, ओमप्रकाश कुाशवाहा, प्रबिन साह लगायत ४४ जनाले रक्तदान गरेका छन्।
प्रत्येक बर्ष दिपावली तथा छठ पर्वको अवसरमा रक्तदान गरिदै आएको छठ व्यवस्थापन समिति बेलहियाका अध्यक्ष सुरेन्द्र साहले बताए।