तरार्इ तथा मधेशका विभिन्न भागमा छठका लागि गरिएकाे तयारी लगभग पूरा भएकाे छ। काठमाण्डाै लगायत तरार्इका विभिन्न नदी तथा जलाशयलार्इ यतिखेर बेहुलीझै सिंगारिएकाे छ ।विरगंजकाे घडिअर्वा छठघाटलाई सजाउन १४ लाख भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिए।
छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरिदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो ।
सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।