पाँच दिनदेखि हराएका निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत अबस्थामा भेटिएका छन्।
घरदेखि करिब २ सय मिटर पूर्वतिर प्रदीप खड्काको केराबारीमा मंगलबार विहान उनी मृत भेटिएका छन्।
शवमा बाहिरी चोटपटक नदेखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए।
पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयको भनाई छ।