अन्नपूर्ण पदमार्गमा दैनिक ३ सय बढी बाह्य पर्यटक भित्रिरहेका छन्। पदमार्ग भित्रने अधिकांश पर्यटकको रोजाई ट्रेकिङ नै हुने गरेको छ। पछिल्लो समय ट्रेकिङको थकान मेट्ने काम पदमार्ग अन्तर्गत पर्ने लमजुङको जगतमा रहेको ‘हट स्प्रिङ’ तातोपानी कुण्डले गरिरहेको छ।
यस पदमार्गमा आउने बाह्य अधिकांश पर्यटक तातोपानी कुण्डमा पुग्ने गरेका छन्। यो ठाउँमा चिसो हुने भएकाले पनि बाह्य पर्यटकलाई तातोपानी कुण्ड निकै उपयुक्त बनेको छ। मर्स्याङ्दी गाउँपालिका–४ जगतस्थित मर्स्याङ्दी किनारमा रहेको उक्त कुण्डमा नुहाउँदा थकान बिर्सीने हुदाँ त्यहाँ बाह्य पर्यटकहरुले झण्डै घण्टौ समय विताउने गरेका छन्।
कुण्डमा नुहाउँदा निकै आनन्द महसुस हुने भएपछि बाह्य पर्यटकको दैनिक घुँईचो लाग्ने गरेको छ। तातोपानी कुण्डमा दैनिक सयौँ पर्यटक पुग्ने गरेको स्थानीय पर्यटन व्यवसायी पञ्च गुरुङले बताए। तातोपानी कुण्ड बाह्य पर्यटकको रोजाईमा परेपछि जगतका स्थानीय पर्यटन व्यवसायीहरु त्यसको संरक्षमा समेत जुटेका छन्।
संसद विकास कोषबाट २ लाख सहयोग मार्फत २ ओटा पोखरी निर्माण गरिएको छ। उत्त स्थानमा पुग्ने बाटो मर्मतका लागी अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले आर्थिक सहयोग समेत गरेको छ। स्थानीयले उत्त स्थानको संरक्षणका लागी ग्याभिन पर्खाल लगाउने देखी चर्पी निर्माण सम्मको काम गरेका छन्। कुण्डलाई अझ व्यस्थित गर्न सके पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने कुण्ड संरक्षण समितिका अध्यक्ष देवीजंङ गुरुङले बताए।
वेसिजनमा केहि पर्यटक घटेपनि यो पदमार्ग पर्यटकको निकै रोजाईमा पर्छ। सिजनमा झण्डै लाखौँ पर्यटक पदमार्ग भित्रिन्छन्। यस तातोपानी कुण्ड पर्यटकको रोजाईमा परेपछि जगतका पर्यटन व्यवसायीहरु पनि हौसियका छन्। यसले स्थानीयको व्यापार व्यवसाय बढाउन समेत टेवा पुर्याएका छन्।
लमजुङ सदरमुकाम बेसीशहर देखी ३० किलोमिटर दुरीमा रहेको यो तातोपानी कुण्ड अन्य तातोपानी कुण्डभन्दा सफा देखिन्छ। बाह्य पर्यटकको मुख्य आकर्षणमा रहे पनि कुण्डमा नुहाउँदा गानोगोला, बाथ, चर्मरोग र ढाडका समस्या समेत निको हुने स्थानीयको विश्वास छ। यसलाई अझ व्यवस्थित बनाएर उल्लेख रुपमा बाह्य पर्यटक भित्रयाउने समेत स्थानीयको लक्ष्य छ। यस स्थान लमजुङ सदरमुकाम बेसीशहरबाट दोस्रो दिनको ट्रेकिङमा पुग्ने गरिन्छ।
पदमार्ग अन्तर्गत मनाङ सदरमुकाम चामेमा निर्माण गरिएको तातोपानि कुण्ड पनि पर्यटकका लागी निकै उपयुक्त बन्दै आएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो। यस कुण्डमा पनि दैनिक सयौँ बढी पर्यटक पुग्ने गरेका छन्। पदमार्गका ठाउँ–ठाउँमा यस्ता स्थलहरु निर्माण गर्दा पर्यटक प्रबद्र्धनमा थप टेवा पुग्ने सरोकारवालाहरु बताउँछन्।