सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत नेपाल प्रहरीले ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ पाएको छ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ दिइएको हो।
जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासंघका कार्यकारी सदस्य डा. अभिजित गुप्ताले ग्रहण गरेको सो अवार्ड प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे।
सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीलाई सो अवार्ड दिइएको हो।